logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रागिरिको बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत, एक पक्राउ


अंकुरण खबर
767
Shares

काठमाडौंको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ परेका छन्।

सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटना भएको केही समयमै युवकलाई पक्राउ गरेको बताए।

पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाँउपालिका-२ घर भई सोही ठाउँ बस्ने सुरेश लोहार हुन्। प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित टहरा घरमा जबरजस्ती करणी गरेका थिए।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।