logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना सङ्क्रमण


अंकुरण खबर
884
Shares

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ।

मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिएका छन्।

कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेका  मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए।

यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो।