logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्ष प्रचण्डले आफू निकट स्थायी कमिटी सदस्यलाई बोलाए खुलमटार


अंकुरण खबर
1.82K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।

बुधबार बस्ने सचिवालय बैठक अगाडि अध्यक्ष प्रचण्डले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका हुन् । उनले देवेन्द्र पौडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभए बैठक सार्ने मनस्थिति बनाएका बेला उनले स्थायी कमिटी सदस्यहरुसँग सल्लाह सुझाव मागेका हुन् ।

मंगलबार बिहान महासचिव विष्णु पौडेलसँग भोलीको बैठकबारे छलफल गरेका अध्यक्ष प्रचण्डले लगत्तै आफू निकट नेताहरुलाई खुलमटार बोलाएका हुन् ।

‘भोलीको सचिवालय बैठकको विषयमा छलफल गर्न हामीलाई बोलाउनु भएको छ । उहाँले ओली समूहका सचिवालय सदस्य बैठकमा नआए कसरी अगाडि बढ्ने भन्ने विषयमा राय लिने भन्नुभएको छ’, बैठकमा सहभागी ति स्थायी कमिटी सदस्यले भने ।