logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विष खाएर रुपन्देहीमा एक युवतीले गरिन् आत्महत्या


अंकुरण खबर
1.482K
Shares

रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबियामा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् ।

विष सेवन गरेकी २२ वर्षीया युवती मनिता यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीले ती युवतीले मंसिर ३० गते विष सेवन गरेको र सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।

यादवको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा उपचार गराइएको थियो । घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।