logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा ओली पक्षको नेताहरु छलफलमा


अंकुरण खबर
702
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद कसरी सुल्झाउने भन्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मासहित उनीपक्षीय नेताहरु सघन छलफलमा जुटेका छन् ।

बालुवाटारमा भइरहेको छलफलमा ओलीसहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।

भोलिका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले जसरी पनि टार्ने तयारीमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु बैठक बस्ने दाबी गर्दै आएका छन् ।

प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

बालुवाटारमा भइरहेको छलफलमा प्रचण्डले बैठक सार्न नमानेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।