logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, २८७८ जना डिस्चार्ज


अंकुरण खबर
728
Shares

नेपालमा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै २८७८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२४७ पुगेको छ।