logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा मंगलबार थपिए ३३९ जना कोरोना संक्रमित


अंकुरण खबर
858
Shares

काठमाडौं उपत्यकामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा २८९ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, नेपालमा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।