logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर चिसो बढ्यो, आज देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने  


अंकुरण खबर
1.716K
Shares

पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । तुलानात्मक रुपमा यो वर्ष चाडैंदेखि जाडो सुरु भएको र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लालगायतका क्षेत्रमा हिमपात भएको छ भने केहि स्थानमा हल्का वर्षासमेत भएको छ । वर्षा र हिमपातका कारण चिसो थप बढेको महाशाखाका मौसमविद्हरुले बताएका छन् ।

प्रदेश १ र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल सुदुर पश्चिमको पहाडि भू-भागमा आंशिक बदली रहेको छ  भने बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।

आज दिउँसो प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू(भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राति  प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।