logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होम आइसोलेशनमा बसेका बृद्धको कोहलपुरमा मृत्यु


अंकुरण खबर
1.443K
Shares

दाङका कोरोना भाइरसबाट संक्रमित ७९ वर्षीय बृद्धको कोहलपुरमा मृत्यु भएको छ।

कात्तिक २१ गते कोरोना पुष्टि भएपछि बृद्ध होम आइसोलेशनमा बसेका बसेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति साढे १२ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । बृद्धको राति २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती बृद्धलाई दम र उच्च रक्तचापको समस्या थियो । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ४० जना को मृत्यु भइसकेको छ ।