logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सचिवालय बैठक १ बजे नै बस्ने, ओली बैठक फेस गर्न तयार


अंकुरण खबर
1.248K
Shares

आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्न पटक पटक आग्रह गरेपनि बैठक आजै १ बजे बस्ने भएको हो।

बैठकमा विषयमा जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यक्रम अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको बताए ।

यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले मंसिर ३ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी मिति तय गरेको थियो । शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनसमेत पेश गरेका थिए ।

प्रतिवेदनमा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको, ओलीकै कारण पार्टीमा समस्या आएको लगायतको आरोप लगाइएको छ ।

उक्त प्रतिवेदनपछि तनावमा देखिएका ओली बैठक सार्न बुधबार बिहानसम्म पनि प्रयासरत थिए । बैठक नसर्ने अवस्था बनेपछि उनले दिउँसो १ बजे कै लागि मन्त्रिपरिषद्को बैठक डाकेका थिए ।

अन्तिम समयमा आएर उनी बैठकको सामना गर्न तयार भएका छन् । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक २ बजेलाई सारेका छन् ।