कपिलवस्तुमा ७ जना जुवाडे पक्राउ परेका छन्।
बाणगंगा नगरपालिका–४ का रवीन्द्रप्रताप सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सेन पनि पक्राउ परेका हुन्।
मंगलबार राति जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नगद १,११,६१३ रूपैयाँ र २ गड्डी तास बरामद गरेको छ।