अर्थ

नेप्सेमा सबै समूह हरियाली, ४ अर्ब ७९ करोड बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) उछाल आएको छ ।

आज नेप्से २३.३२ अंकले बटेर १ हजार ७ सय ४१ दशमलव ८१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार बुधबार ४ अर्ब ७९ करोड १० लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

कूल १९४ वटा कम्पनीको एक करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर मात्र घटेको छ ।

बुधबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गोर्खाज फाइनान्स लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र शिवम् सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

Comment here