logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १०३८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.04K
Shares

काठमाडौं उपत्यकामा थप १०३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार गरिएको परीक्षणमा काठमाडौंमा ८२२ जना, भक्तपुरमा ४८ जना र ललितपुरमा १६८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७  पुगेको छ ।