logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
871
Shares

पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित छन्। योसँगै संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको छ।

आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।