अर्थ

राष्ट्र बैंकले रु. ३० अर्ब बैंकमा राख्दै, आजै हुदैंछ बोलकबोल

नेपाल राष्ट्र बैंकले २८ दिनका लागि रु. ३० अर्ब रुपैयाँ बैंकको निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकले बाणिज्य, बिकास र वित्त कम्पनीमा सो रकम निक्षेपमा राख्न लागेको हो । यसका लागि राष्ट्र बैंकले आज बिहीबार बोलकबोल गर्दैछ । आज दिउँसो २ बजे बोलकबोल गरेर बैंकहरुलाई निक्षेप रकम प्रदान गरिने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंककाअनुसार बोलकबोल मार्फत नै व्याज भुक्तानी गरिने छ । बोलकबोल गर्दा बैंकहरुले न्यूनतम ५ करोड रुपैयाँ रकम माग गर्नुपर्ने । बढीमा भने ५ करोडले निशेष रुपमा भाग जाने रकममा आवेदन दिन सकिने राष्ट्र बैंकको भनाइ छ ।

Comment here