बिहिबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
बुधबार तोलामा १ सय रुपैयाले घटेको सुनको मुल्य आज पनि ७ सय रुपैयाले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैयामा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।