चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
गोरखाको सिरानचोक गाउँपालिका ७ की ८४ वर्षीया महिलाको आज बिहान पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
निमोनियाँसम्बन्धी समस्या भई कात्तिक २८ गते पुरानो मेडिकल कलेज भर्ना भएकी उनको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।
ती महिलाको कात्तिक २९ गते स्वाव परीक्षण गरिएको सोही दिन उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार हुँदै आएको थियो ।