चन्द्रागिरी नगरपालिका–१४ नैकापमा २३ वर्षीया युवती बलात्कृत भएकी छिन् ।
बलात्कारको आरोपमा नैकाप डेरा गरी बस्ने दोलखा भीमेश्वर नगरपालिका–१३ भएका ३८ वर्षीय बीरबहादुर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।