सिरहामा २२ वर्षीया महिलालाई बलात्कार गरेको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले बलात्कार गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक बलात्कार गर्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको अभियोग लागेका राम भने हाल फरार छन् । प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ ।