अर्थ

साताको अन्तिम दिन ३६ अंकले बढ्यो नेप्से

नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३६ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७४१.८ बिन्दुको सुरु भएको कारोबार ३६.३२ विन्दुले वृद्धि भई १७७८.१२ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक भने ४.९८ अंकले बढेर ३४३.०७ मा पुगेको हो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमुह उकालो लागेको छन ।

यस्तै आज कारोबारमा आएका कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ बराबरको कारोबार भएको छ ।

Comment here