logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत गुल्मीको सत्यवती गाउँपालिका ६ का ६२ वर्षीय संक्रमित पुरूषको बुधबार राति मृत्यु भएको हो।

गत कात्तिक २३ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन नै अस्पताल भर्ना भएका थिए।

संक्रमण पुष्टि भएकै दिनबाट कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका उनको बुधबार मध्य राति पौने १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।