सिने क्षेत्रका चर्चित पत्रकार गोकर्ण गौतमको ३१ बर्षको कलिलो उमेरमा निधन भएको छ।
गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ।
मष्तिष्कको नशामा समस्या आएपछि ३ दिन अगाडी उनी अस्पताल भर्ना भएका थिए। न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो।
टाउको दुख्ने समस्याले च्यापेपछि अस्पताल भर्ना भएका उनको शल्यक्रिया गर्दा रक्तश्राव भइ बिहीबार बिहान निधन भएको हो। हाल उनी कान्तिपुर दैनिकमा कार्यरत थिए।
कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस ९न्युरो अस्पताल०मा निधन भएको हो। मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए।
पत्रकारितामा स्नातकोत्तर गरेका उनी हेटौंडाका स्थायी बासिन्दा हुन। गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए ।
पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे । उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए।
उनका श्रीमती, आमाबुवा र तीन दाइ छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
उनको निधनमा कलाकार,राजनीतिकर्मी आफन्तजन तथा शुभचिन्तकले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
केवल ३१ बर्षका होनहार पत्रकार गोकर्ण गौतमको निधनले दुखित तुल्याएको छ !
मस्तिष्कको नशा सल्यक्रिया क्रममा जीवन गुमाएका गौतमको आत्मालाई शान्ति मिलोस् स्वर्गमा l ब्यक्तिगत परिवारजन,आवद्ध कान्तिपुर दैनिक एवं सबै पत्रकार मित्रहरूमा हार्दिक समवेदना l pic.twitter.com/hJOQQtjRRI
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 19, 2020