logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि, २८५८ जना डिस्चार्ज


अंकुरण खबर
923
Shares

नेपालमा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै २८५८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२७६ पुगेको छ।