logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो


अंकुरण खबर
702
Shares

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ४६ हजार १ सय ८२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३ सय २५ पुगेको हो ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन ५ सय ८४ जनाको मृत्यु भएको छ ।

यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३२ हजार २ सय २ पुगेको छ ।

भारतमा ८४ लाख २७ हजार १६ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ४५ हजार १ सय ७ जना उपचाररत छन् ।