logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५ दशमलव ९ डिग्री


अंकुरण खबर
1.677K
Shares

अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि उच्च पहाडी र हिमाली एक दुई स्थानको मौसम बदली हुनु बाहेक देशभर सफा रहने मौसमबीद्ले जनाएका छन् । मौसमबीद्का अनुसार मौसम बदली गराई वर्षा र हिमपात गराउने प्रणाली सक्रिय नभएका कारण मौसम सफा रहनेछ।

काठमाडौं उपत्यकासहित देशभर निरन्तर चिसो भने बढीरहेको छ। उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।