logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना त्रासले पोखरा महानगरमा अत्यावश्यकबाहेक सेवा बन्द


अंकुरण खबर
1.508K
Shares

पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेक सेवाहरु कम्तीमा १ हप्ताका लागि बन्द गरिएका छन् ।

बिहीबार बसेको कार्यपालिका (बोर्ड बैठक)ले यस्तो निर्णय गरेको हो । महानगर पालिकाका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।

बरालका अनुसार शुक्रबार छठ पर्व परेकाले सार्वजनिक बिदा नै दिइएको छ । आइतबारबाट सीमित कर्मचारी कर्मचारीमात्र कार्यालयमा उपस्थित भएर अत्यावश्यक सेवा प्रवाह गर्नेछन् ।

अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण विदामा भएको जानकारी दिँदै बरालले सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बोर्ड बैठक बसेको हो ।