logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रवार सुनचाँदीको मूल्य घट्यो


अंकुरण खबर
1.625K
Shares

नेपाली बजारमा शुक्रवार सुन र चाँदी दुबैको मूल्य घटेको छ ।

बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

शुक्रवार (आज) छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार छापावाला सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीवारको तुलनामा चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।