logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 होटल संघ नेपाल ‘हान’का निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु


अंकुरण खबर
1.118K
Shares

कोरोना संक्रमणका कारण होटल संघ नेपाल ‘हान’का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ।

‘हान’का अनुसार ७० वर्षीय शाक्यको उपचारका क्रममा आज (शुक्रबार) बिहान ३ बजे ओम अस्पतालमा निधन भएको हो।

सोल्टिमोडस्थित अमर होटेलका सञ्चालक शाक्यलाई दसैंपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

निमोनियाँ देखिएपमिछ उनलाई ओम अस्पताल भर्ना गरिएको थियो। तर उपचारका क्रममा उनको निधन भएको हो ।