logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मालपोतका सुब्बा र कार्यालय सहयोगी तीन लाख घुससहित पक्राउ


अंकुरण खबर
741
Shares

मालपोत कार्यालय तुलसीपुर दाङ्गमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालय र नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई तीन लाख वीस हजार घुससहित पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीबाट जग्गा नापजाँच गरी पूर्जा बनाई दिने भन्दै उक्त रकम घुस लिएका थिए । उनीहरु शुक्रबार आज पक्राउ परेका अख्तियारले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ ।