पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ६२ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।
शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् । यस्तै आज देशभर ९ सय ४५ जना कोरोना संक्रमण्ब पुष्टि भएका छन् ।