logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्व स्वास्थ्य संगठनद्वारा कोभिडका बिरामीमा रेम्डेसिभिरको प्रयोग नगर्न आग्रह


अंकुरण खबर
780
Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना संक्रमितको उपचारका लागि रेम्डेसिभिरको प्रयोग नगर्न आग्रह गरेको छ।

डब्लुएचओले कोभिडको उपचारमा यसको प्रभावकारिता पुष्टि नभएकाले बिरामीको अवस्था हेरी यसको प्रयोग नगर्न उल्लेख गरेको हो।

बिहिबार डब्ल्यूएचओद्वारा सार्वजनिक एक गाइडलाइनमा भनिएको छ, ‘हालसम्म रेम्डेसिभिरले बिरामी निको पार्ने र स्वास्थ्यमा सुधार ल्याउने कुनै पनि प्रमाण पुष्टि नभएकाले डब्लुएचओले यसको प्रयोग नगर्न आग्रह गर्दछ।’

जोन हप्किन्स युनिभर्सिटीमा सार्वजनिक तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ६९ लाखभन्दा माथि पुगेको छ। संक्रमितमध्ये १३ लाख ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।