समाचार

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

मौसमविद्का अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ । बाँकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बद्ली रहेको छ ।

आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राती प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकाको मौसम अहिले बद्ली भए पनि बिस्तारै खुल्दै जाने अनुमान गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम हिजो अस्तिको भन्दा बढेको छ ।

५ डिग्री सेल्सियससम्म झरेको काठमाण्डौको न्यूनतम तापक्रम आज भने ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

Comment here