logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आजबाट सर्वसाधारणका लागि खुला


अंकुरण खबर
1.261K
Shares

तत्कालीन राजा वीरेन्द्रबिरविक्रम शाहको निजी निवास ‘श्री सदन’ आज आइतबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ।

मुलुकमा गणतन्त्र आएपछि नारायणहिटी संग्रहालयका रुपमा सर्वसाधारणका लागि खुला गरिए पनि श्री सदन  प्रवेशमा भने अनुमति थिएन् ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक घोषणा गरेका हुन्।

आजबाट सर्वसाधारणले श्री सदन अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए।

आजबाट श्री सदनसँगै आम नागरिकका लागि गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला गरिएको छ। गणतन्त्र स्मारक राष्ट्रपति विद्यादेवी भण्डारीले ०७६ जेठ १५ गते उद्घाटन गरेकी थिइन्।