logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
741
Shares

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, घोराही उपमहानगरपालिका वडा नं‍. ९, वनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, बेलुवाका ६८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।

कोरोना संक्रमित ६७ वर्षीय पुरुषमा उच्च रक्तचापको समस्या रहेको थियो भने ६८ वर्षीय पुरुष मधुमेहका विरामी थिए ।