सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावल सुनको भाउ ९४ हजारमा कारोवार भएको थियो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसै गरी चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा नबढेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।