logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट सिरहामा स्वास्थ्यकर्मीको मृत्यु


अंकुरण खबर
741
Shares

सिरहामा कोरोना भाइरस संक्रमणबाट स्वाथ्यकर्मीको मृत्यु भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय  गौरीशंकर देवको शनिबार राति मृत्यु भएको हो ।

सप्तरी निवासी स्थायी घर देवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार देवको शनिबार राति ११ बजे उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।

दुई हप्तादेखि आइसोलेसनमा राखेर उपचार गरिरहँदा  मृत्यु भएको प्रमुख  यादवले बताए ।

योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २३ पुगेको छ ।