logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भित्रै बम विस्फोट


अंकुरण खबर
1.027K
Shares

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ।

अज्ञात समुहले शनिबार मध्यराति १ बजेतिर कार्यालय भित्रै बम विस्फोट गराएको हो । प्रहरीका अनुसार विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको छ । उपाध्यक्ष बस्ने कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमप्रसाद दाहालले जानकारी दिए ।

यस्तै, कार्यालयको गेटमा समेत अर्को शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु देखिएकाले प्रहरीले कार्यालय पूर्ण शिल गरेको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइराखेको जिल्ला प्रहरी प्रमुख एसपी दाहालले जानकारी दिए ।