बालुवाटार जग्गा प्रकरणमा पूर्व-प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ।
२०७६ माघ २२ मा दायर भएको उक्त मुद्दामा वरिष्ठ नेता नेपाललाई प्रतिवादी नबनाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।
सोही जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।