logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.547K
Shares

चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ८ का ५४ वर्षीय महिला छिन् । श्वासप्रश्वासमा समस्या भई कात्तिक २९ गते अस्पतालमा भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको उपचारका क्रममा आज बिहान ११:१६ मा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

उच्चरक्तचाप, मधुमेह र मिर्गौला रोगबाट समेत पीडित ती पुरुषको अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो ।