logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा विवाद चुलिएका बेला ओली देउवाबीच भेटघाट


अंकुरण खबर
1.508K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्ष समेत रहेका ओलीसँग प्रतिपक्षी दलको नेतासँगको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शनिवार दिउँसो भएको भेटघाटमा केके विषयमा छलफल भएको भन्नेबारे खुलाइएको छैन् । संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तीबारे छलफलका लागि प्रधानमन्त्री ओलीले देउवाबालाई बालुवाटार बोलाएको स्रोतको दाबी रहेको छ ।

स्रोतका अनुसार पछिल्लो समय पार्टीभित्र देखिएको समस्याबारे पनि प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल भएको थियो ।