logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप १६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३२१ पुग्यो


अंकुरण खबर
1.248K
Shares

नेपालमा हालसम्म १३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार थप ‍१६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या १ हजार ३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।

आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।