logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदको हिउँदे अधिवेशन बोलाउन हामी तयार छौं : सभामुख सापकोटा


अंकुरण खबर
1.17K
Shares

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताएका छन् ।

सोमबार संघीय संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले कोरोना भाइरसको महामारीका बेला विभिन्न विकल्पसहित संसद चलाउन तयारी अवस्थामा रहेको बताए ।

सभामुख सापकोटाले भने, ‘सकेसम्म चाँडो संसद अघिवेशन राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरुसहित एक, दुई, तीन गरेर तयारी गरिएको छ ।’

सभामुख सापकोटाले हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशमाथि पनि छलफल हुने बताए । संसदको हिउँदे अधिवेशन बोलाउनका लागि सरकारसँग समेत छलफल भइरहेको उनले बताए ।

चालू आर्थिक वर्षको बजेट पारित गरेपछि संसदको वर्षे (बजेट अधिवेशन) अन्त्य भएको थियो । सरकार (मन्त्रिपरिषद)को सिफारिसमा राष्ट्रपतिले संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।