नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको दोस्रो दिन झिनो अंकले घटेको छ ।
नेप्से आज २ दशमलव ३८ अंकले घटेर १ हजार ७८० दशमलव ४३ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार सोमबार ४ अर्ब ७६ करोड २७ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य घटेका छन् ।