logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ


अंकुरण खबर
936
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विन्दवासिनी गाउँपालिका ५ प्रसौनी गाँउमा गत कात्तिक ६ गते सेलर मिलको भवनमा ने.क.पा. विन्दवासीनी गाँउपालिका कमिटिद्वारा सपथ ग्रहण गराउने क्रममा दुई पक्षवीच झडप हुँदा चौरसियाको हत्या भएको थियो । बाँस प्रहारबाट घाइते भएका ३४ वर्षीय मुकेशको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

उक्त घट्नाका मुख्य प्रतिवादी रहेका जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.३ ईटियाही बस्ने सुरेश प्रसाद बरईका ३८ वर्षीय छोराको अखिलेश प्र. चौरसिया भन्ने अशेसर प्र. चौरसिया भागी फरार थिए ।

हत्या गरेको एक महिनादेखि बीरगंज म.न.पा. वडा नं. २५ स्थित अलौ सिर्सियामा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौरसियामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।