काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार गरिएको परीक्षणमा काठमाडौंमा ७७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, सोमबार नेपालमा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।