logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु


अंकुरण खबर
780
Shares

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३३७ पुगेको छ।

यस्तै, सोमबार नेपालमा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।