logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुन्सा पुगेर ओलीले भने, देशको प्रगति हुन्छ भनेर आत्तिएकाहरूले मात्र मेरो राजीनामा मागे


अंकुरण खबर
936
Shares

प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन् ।

पाँचथरको फाक्तुङ गाउँपालिका-६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्दै सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्रीले सरकारलाई काम गरेन भन्नेहरू काम नपाएका र अस्थिरता चाहनेहरूको झुन्ड भएको समेत दाबी गरे ।

प्रधानमन्त्री ओलीले लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्तित्व समाप्त हुन्छ भन्ने पीरले कहिले पार्टी नेतृत्व छाड्न र कहिले सरकारबाटै राजीनामा मागिँदै आएको बताए ।

‘देशको प्रगति हुन्छ भनेर आत्तिएकाहरूले मात्र मेरो राजीनामा मागेका हुन् । गुमेको जमिन फिर्ता गनेर्देखि अरु विकास र समृद्धिका काम गरेको देखिनसहनेको यसमा हात छ, ’ प्रधानमन्त्रीले ओली भने ।

ओलीले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति  लिएको भन्दै भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्नेजस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको दावी गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।