logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भुपु सैनिक र अपाङ्गता भएका व्यक्तिहरूको भत्तालाई निरन्तरता दिने सरकारको निर्णय


अंकुरण खबर
975
Shares

सरकारले भुपु सैनिक र अपाङ्गता भएका व्यक्तिलाई यसअघि दिँदै आएको भत्ता निरन्तरता दिने निर्णय गरेको छ।

आइबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारले कोरोना महामारी सुरु भएपछि यी दुवै भत्ता कटौती गरेको थियो।

सरकारको उक्त निर्णयले अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या भएको भन्दै आलोचना भएको थियो। यसरी भत्ता लिने करिब १५ सय मानिस थिए।

उनीहरुले मासिक खर्च गुमाएको भन्दै आलोचना भएको थियो। सामाजिक सुरक्षा ऐन‚ २०७५ को दफा २९ मा संशोधन गर्दै उक्त भत्ता खारेज भएको थियो।

२०७६ चैत ३ गते राजपत्रमा नियमावली प्रकाशित भएपछि भत्ता काटिएको थियो। कुल ४ लाख मानिसले भत्ता पाउँदै आएका थिए‚ जसमा ६० वर्षमुनिका एकल महिला साढे तीन ३ लाख ५० र अति अशक्त र अपाङ्ग भएका ९५ हजार व्यक्तिहरु थिए। भुपु सैनिकहरुले सरकारको निर्णयविरुद्ध सर्वोच्च नै पुगेका थिए।