logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रक्सी खाएपछिको झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु, दुई जना पक्राउ


अंकुरण खबर
780
Shares

रक्सी सेवन गरेका व्यक्तिले सोमबार राति रौतहटमा छिमेकीलाई धकेल्दा एकजना मृत्यु भएको छ ।

वृन्दावन नगरपालिका–७ सखुवा धमौरा बस्ने १९ वर्षका विकास पासवानले रक्सी सेवन गरेर कुटपिट गरि धकेल्दा छिमेकी ५० वर्षका अमिरि पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति रक्सी सेवन गरेर घर जाने क्रममा विकासले अमिरिलाई गालीगलौज गर्दा झगडा भएको थियो । झगडाको क्रममा विकासले कुटपिट गरि धकेल्दा अमिरिको टाउकोमा चोट लागेको थियो ।

उनको उपचारको क्रममा राति सवा ८ बजे गरुडा स्थित सिटी अस्पतालमा मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

कुटपिटमा संलग्न विकास पासवान र बिन्द पासवानलाई प्रहरीले पक्राउ गरेको छ । शव पोष्टमार्टमका लागि गौर अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइ रहेको डिएसपी श्रेष्ठले बताए ।