logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
858
Shares

भरतपुर अस्पताल चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन जिल्ला, रत्ननगर १० बस्ने ५२ वर्षीय एक पुरुषको आज बिहान ७ बजे निधन भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर ४ गते भर्ना भएका ती पुरुषलाई मंसिर ७ गते कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि मंसिर ८ गते आइसियूमा राखी उपचार गरिएको थियो ।